युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पसँग ‘समझदारी’ : पुटिन

चीनमा आयोजित सांघाई सहयोग संगठन शिखर सम्मेलनमा बोल्दै पुटिनले अलास्कामा ट्रम्पसँग भएको समझदारीअनुसार अघि बढेमा युक्रेनमा शान्ति कायमका लागि बाटो खुल्ने आशा व्यक्त गरे ।

भाद्र १६, २०८२

बीबीसी

'Understanding' with Trump to end Ukraine war: Putin

What you should know

टेसा वोङ — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना अलास्कामा भएको बैठकमा युक्रेन युद्ध अन्त्यका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग समझदारी भएको बताएका छन् ।

चीनमा आयोजित सांघाई सहयोग संगठन शिखर सम्मेलनमा बोल्दै पुटिनले युक्रेनमा आक्रमण गर्ने आफ्नो निर्णयको बचाउ गर्दै युद्धका लागि पश्चिमा देशहरूलाई दोष दिए । अलास्का बैठकपछि नै अमेरिकी विशेषदूत स्टिभ विटकफले पनि सम्भावित शान्ति सम्झौताको एक पक्ष युक्रेनको सुरक्षा ग्यारेन्टी गर्न पुटिन सहमत भएको जनाएका थिए । यद्यपि मस्कोले यसबारेमा हालसम्म कुनै टिप्पणी गरेको भने छैन ।

शिखर सम्मेलनमा सहभागी चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै पुटिनले ‘युक्रेनी संकटको समाधानलाई सहज बनाउन’ उनीहरूले गरेको प्रयास र समर्थनका लागि पनि धन्यवाद दिएका थिए । चीन र भारत रुसी कच्चा तेलका सबैभन्दा ठूला खरिदकर्ता पनि हुन्, जसका कारण यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतसँग चिढिएका छन् । भारतले तेल खरिद गरेर रुसलाई सहयोग गरिरहेको आरोप लगाउँदै भारतीय वस्तुमा अतिरिक्त ट्यारिफ लगाएका थिए ।

शिखर सम्मेलनमा बोल्दै पुटिनले अलास्कामा ट्रम्पसँग भएको समझदारीअनुसार अघि बढेमा युक्रेनमा शान्ति कायमका लागि बाटो खुल्ने आशा व्यक्त गरे । ‘यो संकट युक्रेनमा रुसको आक्रमणबाट उत्पन्न भएको थिएन, युक्रेनमा भएकै विद्रोहको परिणाम थियो, जसलाई पश्चिमाहरूले समर्थन गर्दै उक्साए,’ पुटिनले टिप्पणी गरे । उनले युद्धको मुख्य कारक तत्त्व नै युक्रेनलाई नेटोमा तान्ने पश्चिमाहरूको निरन्तरको प्रयासलाई ठहर्‍याए ।

रुसी राष्ट्रपति पुटिनले युक्रेनलाई पश्चिमी सैन्य गठबन्धन (नाटो) मा सामेल गराउनुपर्ने धारणाको निरन्तर विरोध गर्दै आएका छन् ।

बीबीसी

Link copied successfully