इजरायली आक्रमणमा हुथी समूहका प्रधानमन्त्री मारिए, बदला लिने घोषणा

शनिबार जारी वक्तव्यमा हुथीले सानामा भएको आक्रमणमा प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरु मारिएको बताउँदै इजरायली आक्रमणको बदला लिने चेतावनी दिएको छ।

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

Houthi Prime Minister Killed in Israeli Airstrike, Announces Revenge

साना — यमनको राजधानी सानामा इजरायली हवाई आक्रमणमा हुथी विद्रोहीका प्रधानमन्त्री अहमद अल–रहावीको मृत्यु भएको छ । 

हुथीले पनि आफ्ना नेता मारिएको पुष्टि भएको छ । हुथीले उक्त घटनाको निन्दा गरेको छ । अलजजीराका अनुसार हुथीले उक्त आक्रमणको बदला लिने चेतावनी दिएको छ । 

शनिबार हुथीले जारी गरेको एक वक्तव्यमा बिहीबार सानामा भएको आक्रमणमा रहाबीका साथै अन्य मन्त्रीहरुसमेत मारिएको जनाएको छ । 

वक्तव्यमा भनिएको छ, ‘अल रहावी हुथी नियन्त्रण क्षेत्रका प्रधानमन्त्री हुन् । एक कार्यशालामा सहभागी भएका प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरुमाथि निशाना बनाइएको छ ।’

इजरायली आक्रमणमा अन्य कति मारिएका छन् भन्ने विवरण भने हुथीले खुलाएको छैन । 

हुथीको सर्वोच्च राजनीतिक परिषदका अध्यक्ष रहेका यमनी राजनेता तथा सैन्य अधिकारी महदी अल–मशातले एक भिडियो जारी गर्दै बदला लिने र इजरायलले यस आक्रमणको चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully