गाजामा बन्धक बनाइएकाध्ये एक जनाको शव भेटियो, अर्को अवशेषको सनाखत हुन सकेन 

दक्षिणी इजरायलमा भएको आक्रमणमा हमासले २५१ जनालाई अपहरण गरेकोमा नेपाली विद्यार्थी विपिन जोशीको अवस्था हालसम्म अज्ञात छ।

भाद्र १४, २०८२

कान्तिपुर संवाददाता

One body was found as a hostage in Gaza, the other remains could not be identified

जेरुसेलम — इजरायले सेनाले गाजापट्टीमा एक अपरेशनका क्रममा हसमाले बन्धक बनाएका एक इजरायलीको शव बरामद गरेको छ । इलन वाइस नामका व्यक्तिको शव बरामद भएको हो ।

५६ वर्षीय इनल सन् २०२३ अक्टुबर ७ मा दक्षिणी इजरायलमा भएको आतंकवादी आक्रमणपछि हमासले अपहरण गरेको थियो । 

इजरायली सेनाले एक अन्य बन्धकको पनि अवशेष भेटिएको बताएको छ । तर उक्त अवशेषको पहिचान भने भइसकेको छैन । 

हमासको आक्रमणमा १२ सय भन्दा बढी इजरायली मारिएका थिए । २५१ जनालाई अपहरण गरी लगिएको थियो । मृतकमध्ये १० जना नेपाली विद्यार्थीहरु पनि थिए । 

यस्तै अपहरणमा परेकामध्ये नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ । उक्त आक्रमणपछि इजरायलले सुरु गरेको सैन्य कारबाहीका क्रममा हालसम्म गाजामा ६३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

कान्तिपुर

Link copied successfully