अमेरिकाको मिनियापोलिसको स्कुलमा गोली चल्दा दुई बालबालिकाको मृत्यु, १७ जना घाइते

उक्त गोलीकाण्डमा आठ र दस वर्षका बालबालिकाको मृत्यु भएको अमेरिकी न्याय विभागका अधिकारीहरुले जनाएका छन् ।

भाद्र ११, २०८२

कान्तिपुर संवाददाता

Two children were killed and 17 others were injured in the shooting at the school in Minneapolis, USA

काठमाडौँ — अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित एननन्सिएसन क्याथोलिक स्कुलमा बुधबार भएको गोलीकाण्डमा दुई जना बालबालिकाको मृत्यु भएको छ । उक्त गोलीकाण्डमा आठ र दस वर्षका बालबालिकाको मृत्यु भएको अमेरिकी न्याय विभागका अधिकारीहरुले जनाएका छन् ।

कालो पोसाकमा आएका व्यक्तिले अन्धाधुन्ध रुपमा गोली चलाउँदा १४ जना बालबालिकासहित कम्तिमा १७ जना घाइते भएका छन् । गोली चलाउने व्यक्तिको पनि प्रहरीको गोली लागि मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार संस्था रोयटर्सले उल्लेख गरेको छ । 

गोलीकाण्डपछि घटनास्थल नियन्त्रणमा लिइएको अधिकारीहरूले पुष्टि गरेका छन् । मिनियापोलिस नगरपालिकाले समुदायलाई तत्काल कुनै खतरा नरहेको र स्वास्थ्य उद्धारकर्ताले घाइतेहरूको उपचार गरिरहेको जनाएको छ। मिनेसोटाका गभर्नर टिम वाल्जले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति संवेदना व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई 'दुःखद परिस्थिति' भन्दै प्रतिक्रिया दिएका छन् ।

कान्तिपुर

Link copied successfully