रुसलाई धनि हुन नदिन भारतविरुद्ध अतिरिक्त ट्यारिफ लगाइएको हो : अमेरिका

उपराष्ट्रपति भान्सले रुसलाई आर्थिक दबाब दिन भारतमाथि कडा ट्यारिफ लगाएको बताएका छन्।

भाद्र ९, २०८२

कान्तिपुर संवाददाता

To prevent Russia from getting rich, additional tariffs have been imposed against India: America

काठमाडौँ — अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले एक अन्तर्वार्ताका क्रममा भारतविरुद्ध लगाइएको ट्यारिफका विषयमा कुराकानी गरेका छन् ।

रुसमाथि कडा आर्थिक दबाब बढाउनका लागि भारतविरुद्ध लगातार अतिरिक्त ट्यारिफ लगाइएको उनले बताएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था एनबीसी न्युजसँगको कुराकानीमा उनले भनेका छन्, ‘राष्ट्रपतिले कडा आर्थिक दबाब बनाउनुभएको छ । उदाहरणका लागि भारतविरुद्ध अतिरिक्त ट्यारिए लगाउनुभयो । ताकि रुस तेल कारोबारबाट धनी नबनोस् ।’

यदि रुसले युक्रेनमा आक्रमण बन्द गर्‍यो भने फेरि वैश्विक अर्थव्यवस्थामा सहभागी गराइने राष्ट्रपति ट्रम्पले स्पष्ट रुपमा बताएको भान्सको भनाइ थियो । 

उनले भने, ‘तर यदि रुस युद्ध रोक्दैन भने उसलाई भिन्न तरिकाले व्यवहार गरिन्छ । राष्ट्रपति ट्रम्पले रुसमाथि युद्ध रोक्नका लागि यति धेरै आर्थिक दबाब बनाउनुभएको छ । जति बाइडेनको कार्यकालमा पनि बनाइएको थिएन ।’

भारतविरुद्ध ट्रम्पले अतिरिक्त २५ प्रतिशत ट्यारिफ लगाएका छन् । पछि उनले भारतले खरिद गरेको तेलको रकमबाट रुसले हतियारमा लगानी गरी युक्रेनविरुद्ध प्रयोग गरिरहेकाले त्यसलाई रोक्न अतिरिक्त ट्यारिफ लगाएको तर्क पेश गरेका थिए । 

कान्तिपुर

Link copied successfully