रोयटर्सले इजरायली आक्रमणमा आफ्ना एक जना क्यामेरापर्सन हुसाम अल-मसरीको मौत नासेर अस्पतालमा मृत्यु भएको जनाएको छ । त्यस्तै अल जजीराका मोहम्मद सलामेह, एपीका मरियम अबू दका र एनबीसीका मुआथ अबू ताहा पनि आक्रमणमा मारिएका छन् ।
काठमाडौँ — गाजास्थित एक अस्पतालमा इजरायलले आक्रमण गर्दा पत्रकारसहित कम्तीमा १५ जना मारिएका छन् । मारिनेमा अन्तर्राष्ट्रिय मिडियामा कार्यरत ४ पत्रकारसमेत रहेका छन् ।
रोयटर्सले इजरायली आक्रमणमा आफ्ना एक जना क्यामेरापर्सन हुसाम अल-मसरीको मौत नासेर अस्पतालमा मृत्यु भएको जनाएको छ । त्यस्तै अल जजीराका मोहम्मद सलामेह, एपीका मरियम अबू दका र एनबीसीका मुआथ अबू ताहा पनि आक्रमणमा मारिएका छन् ।
हमास सञ्चालित सिभिल डिफेन्सका अनुसार सुरुवातको आक्रमणमा केहीको मृत्यु भएको थियो । त्यसपछि उद्धारकर्मीहरू जाँदा पनि आक्रमण जारी रहेकाले अरु पनि मारिएको हमासले जनाएको छ । इजरायल सरकार र सेनाले भने यसमा केही प्रतिक्रिया दिएको छैन ।