गाजाका बालबालिकालाई बचाउन टर्कीएकी प्रथम महिलाले लेखिन् मेलानियालाई पत्र

युक्रेनी बालबालिकाको संवेदनशीलतामा मेलानिया ट्रम्पको प्रयास देखेर एमीनले गाजाका बालबालिकाको मुद्दामा ध्यान दिन आग्रह गरिन्।

भाद्र ८, २०८२

कान्तिपुर संवाददाता

Turkish first lady writes letter to Melania to save Gaza children

काठमाडौँ — टर्कीएका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनकी पत्नी तथा देशकी प्रथम महिला एमीन अर्दोआनले अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पलाई पत्र लेखेकी छिन् ।

पत्रमा उनले मेलानिया ट्रम्पसँग इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सम्पकर्म गरी गाजामा बालबालिकाको दुर्दशाको मुद्दा उठाउन आग्रह गरेकी छिन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एमीन अर्दोआनले आफ्नो पत्रमा युक्रेनका बालबालिकाको भविष्यलाई लिएर मेलानियाले भ्लादिमिर पुटिनलाई पत्र लेखेपछि आफूलाई पनि पत्र लेख्ने प्रेरणा मिलेको उल्लेख गरेकी छिन् । 

उनले भनेकी छिन्, ‘जसरी ७६८ युक्रेनी बालबालिकाका लागि तपाईंले जुन संवेदनशीलता देखाउनुभएको थियो, गाजाका बालबालिकाका लागि पनि तपाईंको व्यवहार त्यही हुनेछ भन्ने विश्वास लिएकी छु ।’

टर्कीएको राष्ट्रपति कार्यालयबाट जारी गरिएको यस पत्रमा व्हाइट हाउसले हाल कुनै प्रतिक्रिया दिएको छैन । एमीनले अघि लेखेकी छिन्, ‘प्यालेस्टाइनको मान्यता एक वैश्विक इच्छा बनेको छ । मलाई लाग्छ कि गाजाका लागि तपाईंको एक आह्वान प्यालेस्टिनी नागरिकप्रति एक ऐतिहासिक जिम्मेवारी हुनेछ ।’

कान्तिपुर संवाददाता

Link copied successfully