पूर्व रक्षामन्त्री बेनी ग्याट्जले बन्धकको रिहाइलाई प्राथमिकता दिँदै राष्ट्रिय एकताको सरकार बनाउने प्रस्ताव गरेका छन्।
जेरुसेलम — गाजामा युद्धविरामको सम्झौता गर्न माग गर्दै शनिबार इजरायलमा हजारौं नागरिकले सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । कैयौं शहरमा यस प्रदर्शन र्यालीमा ठूलो संख्यामा नागरिकहरुले भाग लिएका छन् ।
प्रदर्शनकारीहरुका अनुसार गाजा शहरलाई नियन्त्रणमा लिने योजनाका कारण बाँकी रहेका इजरायली बन्धकको जीवन खतरामा पारेको छ ।
इजरायलका पूर्व रक्षामन्त्री बेनी ग्याट्जले बन्धकको रिहाइलाई प्रामकिता दिँदै एक अस्थायी राष्ट्रिय एकताको सरकार बनाउने आह्वान गरेका छन् ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्नधमा अति–दक्षिणपन्थी सदस्यको बहुमत भएकाले युद्ध समाप्त गर्नका लागि हमाससँग कुनै पनि सम्झौताहरुको विरोध गरिरहेको उनको भनाइ छ ।
यसैबीच गाजाको स्वास्थ्यमन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा इजरायली आक्रमण र कुपोषणका कारण ६० भन्दा बढीको मृत्यु भएको जनाएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिवले गाजाको स्थिति मानवताको विफलता बताउँदै तत्काल युद्धविराम तथा सबै बन्धकको रिहाइ र मानवीय पहुँच सुनिश्चित गर्न आह्वान गरेका छन् ।
