गाजामा भएको इजरायली आक्रमणमा १३ जना प्यालेस्टिनीको मृत्यु

इजरायली सेनाले शेख रादवानस्थित एक विद्यालयमा प्रहार गर्दा पाँच जना सर्वसाधारणको ज्यान जानुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।

भाद्र ६, २०८२

एजेन्सी

13 Palestinians killed in Israeli attack on Gaza

गाजा — इजरायली सेनाले गाजा सहरमा शुक्रबार गरेको आक्रमणमा कम्तीमा १३ जना प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी (वफा) का अनुसार मध्य गाजा सहरको जाला स्ट्रिटमा इजरायली हवाई आक्रमणले विस्थापितहरुको शिविरमा प्रहार गर्दा एउटै परिवारका पाँच जना सदस्यहरूको मृत्यु हुनुका साथै अन्य घाइते भएका छन् । 

इजरायली सेनाले शेख रादवानस्थित एक विद्यालयमा प्रहार गर्दा पाँच जना सर्वसाधारणको ज्यान जानुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ । 

अगस्ट ११ देखि, इजरायले गाजामा निरन्तर आक्रमण गर्दा सामूहिक विस्थापन हुनुका साथै घरहरू ध्वस्त भएको प्यालेस्टिनी अधिकारीहरू बताएका छन् । 

एजेन्सी

Link copied successfully