अस्ताए 'दयालु न्यायाधीश’ फ्रान्क क्याप्रियो 

उनले सामाजिक सञ्जालमा आफ्ना भिडियो क्लिप राखेर दर्शकलाई खुसी पनि बनाउँथे ।

भाद्र ५, २०८२

कान्तिपुर संवाददाता

Frank Caprio is the 'merciful judge'

काठमाडौँ — नम्र र दयालु स्वाभावका कारण परिचित अमेरिकाका न्यायाधीश फ्रान्क क्याप्रियोको ८८ वर्षको उमेरमा निधन भएको छ ।केही समयदेखि प्यान्क्रियाटिक क्यान्सरसँग लडिरहेका क्याप्रियोको बुधबार निधन भएको उनका छोराले सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन् । 

मुद्दालाई हेर्ने फरक शैलीका कारण उनी सबैका प्रिय न्यायाधीश थिए । उनले व्यक्तिगत कठिनाइमा परेकाहरुलाई मार्गदर्शन दिने, ट्राफिक नियम उल्लंघन गरेमा विनम्रतापूर्वक सम्झाउने, आर्थिक विपत्तिमा परेकालाई सहारा साथै हौसला दिने गर्थे । उनले समझदारीपूर्वक गर्ने हरेक निर्णयले दर्शकलाई भावुक बनाउँथ्यो ।

सामाजिक सञ्जालमा उनका भिडियो क्लिप लाखौं पटक हेरिएका छन् । उनको न्याय प्रक्रिया देखेर विश्वभरका मानिस प्रभावित बनेका छन् । उनले सामाजिक सञ्जालमा आफ्ना भिडियो क्लिप राखेर दर्शकलाई खुसी पनि बनाउँथे ।

क्याप्रियोको निधनले विश्वभर रहेका उनका लाखौँ दर्शकलाई दुःखी बनाएको छ । उनले देखाएको मानवीय करुणाका कारण उनी हरेकका सम्झनामा भने रहिरहनेछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully