अफगानी शरणार्थी सवार बस दुर्घटनामा ७३ जनाको मृत्यु, मृतकमध्ये १७ जना बालबालिका

पछिल्लो समय इरानमा अफगानी शरणार्थीहरुलाई जबरजस्ती निकाला गर्ने काम तीव्र पारिएको छ ।

भाद्र ४, २०८२

कान्तिपुर संवाददाता

73 people died in a bus accident with Afghan refugees, 17 of them were children

काठमाडौँ — अफगानिस्तानमा एक बस दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा १७ जना बालबालिका रहेका छन् ।

तालिबानका एक अधिकारीले बीबीसी पश्तोलाई दिएको जानकारी दएअनुसार अधिकांश मानिसहरु इरानबाट निकालिएका अफगानी प्रवासी रहेका छन् । 

तालिबानको सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुक्तकीले काबुलतर्फ जाँदै गरेको बसमा आगो लागेको हो । बसमा सवारी सबैको मृत्यु भएको बताइएको छ । साथै बससँग ठोक्किने दुई गाडीमा सवार अर्का दुई जनाको पनि मृत्यु भएको छ । 

हालै इरानमा आन्तरिक संघर्षका कारओ भागेर आएका अफगानी नागरिकलाई देशबाट जबरजस्ती निकाल्ने अभियान तीव्र पारिएको छ । 

१९७० को दशकमा सोभियत आक्रमणका क्रममा र २०२१ मा तालिबान सत्तामा आएयता अफगानी नागरिकले ठूलो संख्यामा देश छाडेका छन् । 

संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीका अनुसार जनवरी २०२५ देखि अहिलेसम्म १५ लाख भन्दा बढी अफगानीले देश छाडिसकेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully