रुसको औद्योगिक कारखानामा भीषण आगलागी, ११ जनाको मृत्यु भएको पुष्टि

घटनास्थलमा ३६० भन्दा बढी आपतकालीन कर्मचारी र ९० भन्दा बढी उपकरण परिचालन गरी खोजी र उद्धार कार्य जारी छ ।

श्रावण ३१, २०८२

सिन्ह्वा

Massive fire in Russian industrial factory, 11 people confirmed dead

काठमाडौँ — रुसको पश्चिमी रायजान क्षेत्रमा रहेको एउटा औद्योगिक कारखानामा लागेको आगलागीमा हालसम्म ११ जनाको ज्यान गएको र करिब १३० जना घाइते भएको रसियाली आपतकालीन व्यवस्थापन मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

मन्त्रालयले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत जानकारी दिँदै भनेको छ, 'मलबा हटाउने क्रममा थप दुई शव फेला परेको छ । यसरी कुल मृतकको संख्या ११ पुगेको पुष्टि भएको छ ।'

यसअघि एउटा कुकुर टोलीले मलबाभित्र रहेका फसेका व्यक्तिको स्थान पत्ता लगाएर उद्धार गरेको थियो ।

अहिलेसम्म घटनास्थलमा ३६० भन्दा बढी आपतकालीन कर्मचारी र ९० भन्दा बढी उपकरण परिचालन गरी खोजी र उद्धार कार्य जारी छ ।

आगलागी स्थानीय समय अनुसार बिहान १०ः३० बजे शिलोव्स्की जिल्लाको लेस्नोइस्थित उक्त कारखानाको उत्पादन कार्यशालामा सुरू भएको थियो ।

सिन्ह्वा

Link copied successfully