विषाक्त मदिरा सेवनपछि ३५ जना नेपाली अस्पताल भर्ना भएको र ती मध्ये केहीको मृत्यु तथा केहीको अवस्था गम्भिर रहेको नेपाली दूतावासले जनाएको छ।
काठमाडौँ — कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार अन्य ३० देखि ३५ जना बिरामी छन् ।
उनीहरुको अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार १६० जना विषाक्त मदिराका कारण बिरामी परेका थिए ।
जसमध्ये १० नेपालीसहित २३ जना एसियाली नागरिकको मृत्यु भएको हो । दूतावासका अनुसार ३५ जना नेपाली विषाक्त मदिरा सेवनपछि अस्पताल भर्ना भएका थिए ।
ती मध्ये केहीको मृत्यु भएको र केहीको अवस्था गम्भिर रहेको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।
