पश्चिम बंगालमा तीर्थयात्री सवार बस दुर्घटना : १० जनाको मृत्यु, ३५ घाइते

बिहारका यात्रु बोकेको बस बर्धमानबाट दुर्गापुर जाँदै गर्दा रोकिएको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्रावण ३०, २०८२

कान्तिपुर संवाददाता

Pilgrim bus accident in West Bengal: 10 killed, 35 injured

काठमाडौँ — भारतको पश्चिम बंगाल राज्यको पूर्वी बर्धमान जिल्लामा सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ । तीर्थयात्री बोकेको बस शुक्रबार बिहान दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।

बर्धमानबाट दुर्गापुर गइरहेको बस सडकमा रोकिइराखेको ट्रकसँग ठक्कर खाएको हो । दुर्घटनामा परेका सबै बिहारका भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully