गाजा शहरमा नियन्त्रणको इजरायली निर्णयविरुद्ध जेरुसेलममा प्रदर्शन

पूर्व सैनिकको नेतृत्वमा इजरायली सैन्य निर्णयको विरोध गर्दै नेतान्याहुविरुद्ध जेरुसेलममा प्रदर्शनकारीले नाराजुलुस गर्दै मार्च गरे।

श्रावण २५, २०८२

एजेन्सी

Demonstrations in Jerusalem against the Israeli decision to control Gaza City

काठमाडौँ — गाजा शहरलाई पूर्ण रुपमा नियन्त्रणमा लिने इजरायली सुरक्षा क्याबिनेटको निर्णयको विरोधमा जेरुसेलममा प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीले जेरुसेलमको सडकमा नाराजुलुससहित प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निवासतर्फ मार्च पास गरेका थिए ।

इजरायलका पूर्व सैनिक म्याक्स क्रेसले एक समूहलाई साथमा लिएर मार्च पास गरेका थिए । उनले इजरायली उक्त निर्णय अस्वीकार गर्ने बताएका छन् । 

बीबीसीसँग कुरा गर्दै उनले भने, ‘हामी ३५० भन्दा अधिक सैनिक छौं । जसले युद्ध लडेका थिए । तर हामी नेतान्याहुको राजनीतिक युद्धलाई अस्वीकार गर्छौं ।’

इजरायलको तेल अविवसहित हाइफा लगायका कैयौं शहरमा विरोध प्रदर्शन भएको छ । इजरायलको गाजा शहरलाई नियन्त्रणमा लिने निर्णयलाई लिएर संयुक्त राष्ट्र संघका साथै बेलायत, फ्रान्स, अस्ट्रेलिया, टर्कीए, जर्मनी, फिनल्यान्ड र क्यानडासमेत कैयौं देशले विरोध गरेका छन् ।

इजरायली सेनाले गाजा शहरमा नियन्त्रण र युद्ध अन्त्यका लागि काम गर्ने बताएको छ ।

एजेन्सी

Link copied successfully