भारतमाथि अतिरिक्त कर लगाएपछि ट्रम्पले भने– अझै धेरै देख्न बाँकी छ 

भारतमाथि आगामी दिनमा थप अरु प्रतिबन्धहरु पनि लगाउँदै जाने ट्रम्पको चेतावनी।

श्रावण २२, २०८२

कान्तिपुर संवाददाता

After imposing additional taxes on India, Trump said, ”More remains to be seen.”

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत कर लगाएपछि पनि रोकिएका छैनन् । 

नयाँ करसँगै पहिलेदेखि लागू २५ प्रतिशत र अहिलेको २५ प्रतिशत गरी ५० प्रतिशत पुगेको छ । व्हाइट हाउसमा पत्रकार सम्मेलनमा ट्रम्पसँग चीनसहित कयौं देश रुसबाट तेल खरिद गर्छन् तर भारतलाई नै किन निशाना बनायो? भन्ने प्रश्न गरिएको थियो । 

जवाफमा ट्रम्पले भने, ‘अहिले त मात्र ८ घण्टा भएको छ । हेरौं अगाडि के हुँदै जान्छ । अझै धेरै देख्न बाँकी छ । कयौं अतिरिक्त प्रतिबन्धहरु देख्न पाउनुहुनेछ ।’

चीनविरुद्ध पति अतिरिक्त कर लगाउने तयारीबाट सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘त्यो पनि हुनुसक्छ । तर हामी अगाडि कस्तो कदम उठाउनेछौं त्यसमा भर पर्नेछ ।’

कान्तिपुर

Link copied successfully