गाजामा सहायता बोकेको ट्रक पल्टिँदा २० जनाको मृत्यु

मध्यरातमा सहायता बोकेको ट्रक सहायताको प्रतीक्षामा रहेका नागरिकमाथि पल्टिँदा बीस जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको गाजाका सुरक्षा निकायका प्रवक्ताले जानकारी दिएका छन् ।

श्रावण २१, २०८२

एएफपी

20 killed when aid truck overturns in Gaza

गाजा सिटी — मध्य गाजा पट्टीमा सहायता खोज्नेहरूको भीडमा सहायता बोकेको ट्रक पल्टिँदा २० जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले बुधबार जनाएको छ ।

मंगलबार मध्यरातमा सहायता बोकेको ट्रक सहायताको प्रतीक्षामा रहेका सयौँ नागरिकमाथि पल्टिँदा बीस जनाको मृत्यु हुनुको साथै दर्जनौँ घाइते भएको गाजाका सुरक्षा निकायका प्रवक्ता महमुद बासले जनाएका छन् ।  

इजरायलले पहिले बम प्रहार गरेको असुरक्षित सडकमा ट्रक चलाइरहेको कारण नुसिरात शरणार्थी शिविर नजिकै ट्रक दुर्घटना भएको बासले बताएका छन् । 

हमासले इजरायललाई ट्रक चालकहरूलाई सहायता वितरण केन्द्रहरूमा पुग्न खतरनाक मार्गहरू प्रयोग गर्न बाध्य पारी ‘जानाजानी भोकमरी र अराजकता सिर्जना गरेको’ आरोप लगाएको छ ।

इजरायलले आधारभूत आवश्यकताहरूका लागि हप्तौँदेखि पर्खिरहेका भोकमरीले ग्रस्त नागरिकहरू सामु जानमा चालकहरूलाई अवरोध गर्ने गरेको हमासको मिडिया कार्यालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।  

एएफपी

Link copied successfully