गाजामा इजरायली आक्रमणमा २६ जनाको मृत्यु

तीमध्ये १४ जना सहायता वितरण केन्द्र नजिकै खाद्यान्नका लागि पर्खिरहेका बेला मारिएका हुन् ।

श्रावण २०, २०८२

एजेन्सी

26 killed in Israeli attack on Gaza

गाजा सिटी — गाजाको नागरिक सुरक्षा निकायका अनुसार इजरायली गोली प्रहार तथा हवाई हमलामा परी मंगलबार कम्तीमा २६ जनाको मृत्यु भएको छ । तीमध्ये १४ जना सहायता वितरण केन्द्र नजिकै खाद्यान्नका लागि पर्खिरहेका बेला मारिएका हुन् ।

दक्षिण गाजाको खान युनिसमा सहायता पर्खिरहेका ८ जना र मध्य गाजामा ६ जना इजरायली सेनाको गोली लागेर मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यस्तै, अल–मावासी क्षेत्रस्थित टेन्टमा रातको हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको जनाइएको छ । गाजा सहर नजिक र खान युनिसमा भएका थप आक्रमणमा सात जनाको मृत्यु भएको जानकारी दिइएको छ ।

मानविक सहायता वितरण केन्द्रहरूमा दैनिक भीडभाड भइरहेका बेला पनि गोली प्रहारका घटना दोहोरिएको गाजाली जनताको भनाइ छ । इजरायली सेनाले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

एजेन्सी

Link copied successfully