यमनमा डुंगा पल्टिदा ५० भन्दा बढी आप्रवासीको मृत्यु

अबयान सुरक्षा निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै तटरेखाको ठूलो क्षेत्रमा कैयौं शव बरामद गरिएको जनाएको छ ।

श्रावण १९, २०८२

एजेन्सी

More than 50 migrants die after boat capsizes in Yemen

याङ् तियान — यमनको तटीय क्षेत्रमा मौसम खराबीका कारण एक डुंगा पल्टिदा कम्तिमा ५० जना आप्रवासीको मृत्यु भएको छ । डुंगामा १५० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार यो दुर्घटना यमनको दक्षिणी प्रान्तको अबयान क्षेत्र नजिक भएको हो ।

अबयान सुरक्षा निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै तटरेखाको ठूलो क्षेत्रमा कैयौं शव बरामद गरिएको र खोजी कार्य जारी रहेको बताएको छ । 

इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेशन (आईओएम)का अनुसार मर्नेहरुमा अधिकांश इथियोपियाली नागरिक रहेका छन् । हर्न अफ अफ्रिकाबाट खाडी देशतर्फ जाने प्रवासीहरुका लागि यमन एक प्रमुख मार्ग हो । 

एजेन्सी

Link copied successfully