यसै साता इजरायलसहित धेरै युरोपेली देशहरूले जोर्डन नेतृत्वको गठबन्धनमा सामेल भएर हवाई मार्गबाट पार्सलहरू खसाल्ने योजनाको घोषणा गरेका छन् ।
What you should know
देयर अल–बलाह, गाजापट्टी — इजरायली सेनाले शनिबार गरेको हवाई हमला र गोलीबारीमा गाजामा कम्तीमा २० जना मारिएको गाजाका स्वास्थ्य अधिकारीले जनाएका छन् । जसमा आठ जना खाद्यान्नको खोजीमा आएकाहरू पनि परेको बताइएको छ ।
उक्त हमलामा घाइते भएका ३६ जनालाई सहायता वितरण केन्द्रबाट मध्य गाजाको अस्पतालमा पुर्याइएको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मध्य र दक्षिणी गाजामा शनिबार भएको दुई छुट्टाछुट्टै हमलामा १० जना मारिएको गाजास्थित स्वास्थ्यकर्मीलाई उधृद गर्दै एपीले जनाएको छ । नासेर अस्पतालले विस्थापितहरू आश्रय लिएर बसिरहेका पालमा गरिएका हमलामा पााच जनाको मृत्यु भएको उल्लेख गरेको छ । अर्को हमलामा, खान युनिसको मुख्य सडक नजिकै बसेका ती विस्थापितको पालमा हमला हुँदा दुई दाजुभाइ र एक आफन्तको मृत्यु भएको समाचारमा छ । खान युनिसमै बन्द एक कारागारको गेट नजिकै आश्रय लिएर बसिरहेका विस्थापितहरू लक्षित अर्को एक हमलामा परी एक आमाछोरीको मृत्यु भएको बताइएको छ ।
त्यसैगरी, जावाइदा र देयर अल–बलाह बीचको एउटा घरमा पनि इजरायली सेनाले हमला गर्दा दुई अभिभावकसहित उनीहरूका तीन बच्चाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको एम्बुलेन्स र आपतकालीन सेवाले बताएको छ । रफाहमा नवनिर्मित मोराग करिडोर र खान युनिसको बीचमा सहायता पर्खिरहेका भिडमा इजरायलको सेनाले गोली चलाउादा अन्य पााच प्यालेस्टाइनी पनि मारिएको अस्पतालले बताएको छ ।
इजरायलको सेनाले सहायता स्थल नजिकैको हमलाबारे तत्काल जवाफ दिएको छैन । यद्यपि, उसका शीर्षस्थ सैनिक जनरलले शनिबार आफ्ना बन्धकहरू रिहा नभएमा ‘लडाइा जारी रहने’ चेतावनी दिएका छन् । लेफ्टिनेन्ट जनरल इयाल जामिरले युद्धविरामका लागि हामासमाथि दबाब कायम राख्न पनि इजरायलको सेनाले आक्रमण गर्नुपरेको तर्क गरेका छन् ।
यस क्षेत्रमा हवाई तथा स्थलमार्गबाट हुने सहायता वितरणमा इजरायलले प्रतिबन्ध लगाएका कारण स्थानीय प्यालेस्टाइनीहरूले गम्भीर खाद्यान्न संकटको अवस्था झेलिरहेका छन् । शनिबार पनि गाजा मानव सहायता प्रतिष्ठान (जीएचएफ) को वितरण स्थल नजिकै खाद्य सहायता लिन आएका प्यालेस्टाइनीलाई लक्ष्यित गर्दै गोली चलाइदा स्थिती भयावह बनेको प्रत्यक्षदर्शीको हवाला दिंदै अन्तर्राष्ट्रिय संचारमाध्यम एपीले जनाएको छ । ‘गोली लागेर घाइते भएका तीन जनालाई त्यहााबाट बाहिर निकाल्न सहयोग गरेको थिएा, तर त्यस वरपर रक्ताम्य अवस्थामा भुइामा छट्पटाईरहेका अरु थुप्रै घाइते पनि देखिरहेको थिएा,’ उक्त घटनाका प्रत्यक्षदर्शी बताउने स्थानीय याहिया युसेफले एपीलाई भने, ‘त्यसबेलाको दृश्य निकै आतंकित बनाउने खालको थियो, यस्ता परिदृश्य यहााका प्यालेस्टाइनीका लागि हरेक दिनको नियती बनिरहेको छ ।’ गाजापट्टिमा पछिल्लो २४ घण्टामा भोकमरी सम्बन्धी कारणले सात जना प्यालेस्टाइनीले ज्यान गुमाएको गाजास्थित स्वास्थ्य मन्त्रालयले शनिबार उल्लेख गरेको छ । ज्यान गुमाउनेमा एक बालबालिका पनि रहेको मन्त्रालयले जनाएको छ ।
देशको उत्तरी क्षेत्रस्थित इजरायल समर्थित अमेरिकाका चार सहायता वितरण केन्द्रमा निरन्तर गोलीबारी भईरहेको भन्ने प्रत्यक्षदर्शीको भनाईप्रति भने जीएचएफले आफ्ना वितरण केन्द्रहरुमा वा त्यस नजिक कुनैपनि हमला वा हताहती नभएको जिकिर गरेको छ । त्यसो त गाजामा भईरहेको मानवीय सहायता वितरणलाई अमेरिकी राजदूत माइक हकबीले शुक्रबार मात्रै ‘अविश्वसनीय उपलब्धि’ भन्दै टिप्पणी गरेका थिए । तर एकदिन पछि नै १८ जनाको हताहती हुने गरी हमला भएको हो । अन्तर्राष्ट्रिय समुदायले प्रदान गरेका खाद्यान्न तथा मानवीय सहायता बोकेका सवारी साधनलाई गाजामा प्रवेशका लागि इजरायलले कडिकडाउ गर्दै आएपछि यस क्षेत्रका प्यालेस्टाइनले भोकमरीको सामना गर्नु परिरहेको संयुक्त राष्ट्रसंघले बारम्बार उल्लेख गर्दै आईरहेको छ । सहायता सामाग्री पुर्याउने समूहको प्रयासमा हिंसात्मक घटनाले बारम्बार अवरोध हुन थालेपछि अन्तर्राष्ट्रिय समुदाय इजरायली रवैयाप्रति आक्रोशित छ ।
भोकमरीसम्बन्धी अन्तर्राष्ट्रिय विशेषज्ञहरूले भने गाजामा सहायता खोज्नेहरूले संकटको सामना गर्नुपरिरहेको भन्दै यस साता भोकमरीको सबैभन्दा खराब परिदृश्य रहेको बताएका छन् । इजरायलले हमासविरुद्ध सैन्य कारवाही थालेको पछिल्लो २२ महिनामा झन्डै २० लाख प्यालेस्टाइनी बसोबास गर्ने गाजा क्षेत्रमा सुरक्षाको अवस्था दयनीय बन्दै गएको र आवश्यक खाद्यान्न आपूर्तिमा अवरोध पुर्याईदा यस क्षेत्रका सर्वसाधारणले चरम भोकमरीको सामना गर्नु परिरहेको एपीले जनाएको छ ।
इजरायल र हमासबीचको लडाइ शुरू भएदेखि गाजापट्टिमा भोकमरी तथा कुपोषणसम्बन्धी विविध कारणले कम्तिमा ९३ बालबालिकाको मृत्यु भईसकेको बताइएको छ । साथै, स्वास्थ्य मन्त्रालयले गत जुन महिनाको अन्त्यदेखि गरेको गणनाअनुसार कुपोषणका कारण ७६ जना वयस्कले पनि ज्यान गुमाएका छन् । त्यसैगरी, जीएचएफका सहायता वितरण केन्द्रमा राहत लिन जाने भीडमाथि चलाइएको गोलीका कारण गत मे २७ देखि जुलाई ३१ सम्ममा ८ सय ५९ जना मारिएको संयुक्त राष्ट्रको बिहीबार प्रकाशित प्रतिवेदनमा उल्लेख छ । साथै खाद्य सामाग्री लिएर गाजा जाने सवारी साधनहरुको सडकमार्गमा पनि खाद्यान्न लुटपाट गर्न खोज्नेलाई लक्षित गर्दै चलाइएका गोली लागेर सयाौ मारिएका छन् ।
जीएचएफले भने सहायता वितरण केन्द्रमा चेतावनीस्वरुप अश्रुग्यासको मात्र प्रयोग गर्ने गरेको र भीड हिंसात्मक बन्न सक्ने जोखिम रोक्न चेतावनी गोली चलाइने गरेको दाबी गरेको छ । इजरायली सेनाले आˆना सैनिकहरू नजिक आउनेलाई चेतावनी गोली मात्र चलाएको र शुक्रबार पनि उसले आˆनो नियन्त्रणमा रहेका मार्गहरूलाई सुरक्षित बनाउन चेतावनी गोली चलाएको बताएको छ । तर गाजामा भईरहेको मृत्युको तथ्यांकलाई इजरायल र जीएचएफले भने ‘अतिरञ्जित’ भएको दाबी गरेका छन् ।
बन्धक परिवारद्वारा इजरायललाई शान्ति सम्झौताका लागि दबाब
तेल अवीव– हमासले बन्धक बनाएका आफ्ना प्रियजनको रिहाईका लागि इजरायल सरकारलाई जोडदार पहल गरिदिन भन्दै तिनका आफन्त तथा परिवारजनले तेल अवीवमा व्यापक विरोध प्रदर्शन गरेका छन् । हमासले अपहरण गरेका २ सय ५१ बन्धकमध्ये करिब २० जना अझै पनि जीवित रहेको विश्वास गरिएको छ । हमास र गाजाको दोस्रो ठूलो उग्रवादी समूह इस्लामिक जिहादले यसै साता बन्धकहरूका छुट्टाछुट्टै भिडियो जारी गरेपछि तिनका परिवार र इजरायलीलाई थप आक्रोशित बनाएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले पनि एक साता अघि मात्र युद्धविराम वार्ताका लागि पहल गरेका थिए । उनले युद्धविरामका लागि हामासले राखेको अडानलाई अनुचित भएको दोष दिादै बन्धकहरूलाई तत्काल रिहा गर्न आग्रह गरेका थिए । उनले यसका लागि गाजालाई सुरक्षित बनाउन अन्य उपाय पनि खोजिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रदर्शनकारीले इजरायल सरकारलाई युद्ध समाप्तका लागि सम्झौता गर्न आहृवान गर्दै होस्टेज एन्ड मिसिङ ˆयामिली फोरमका प्रमुख रणनीति अधिकारी लिओर चोरेभले भनेका छन्, ‘यो दुःस्वप्न रोक्न र बन्धकहरुलाई उग्रवादी समुहहरुको कब्जाबाट छिटोभन्दा छिटो बाहिर निकाल्न अनुरोध गर्छौं ।’
हवाई सहायतामा विस्तार
यसै साता इजरायलसहित धेरै युरोपेली देशहरूले जोर्डन नेतृत्वको गठबन्धनमा सामेल भएर हवाई मार्गबाट पार्सलहरू खसाल्ने योजनाको घोषणा गरेका छन् । यद्यपि यो योजना गाजाबासीका लागि अझै पनि अपर्याप्त र निकै खर्चालु रहेको उनिहरुले बताएका छन् । ‘यदि हवाई सहायतालाई अनुमति दिने राजनीतिक इच्छाशक्ति छ भने, सडक मार्गहरू खोल्न पनि त्यस्तै राजनीतिक इच्छाशक्ति हुनुपर्छ,’ प्यालेस्टाइनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघ एजेन्सीका प्रमुख फिलिप लाजारिनीले शनिबार एक्समा लेखेका छन्, ‘हामीलाई हाम्रो काम गर्न दिनुपर्छ ।’
हमासले ७ अक्टोबर ७ २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि शुरू भएको लडाइमा हालसम्म करिब १ हजार २ सय जना इजरायली मारिएका छन् भने इजरायलले थालेको प्रतिशोधात्मक आक्रमणमा परी ६० हजार भन्दा बढी प्यालेस्टाइनी मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
