मोन्टानाको बारमा गोली प्रहार, चार जनाको मृत्यु

प्रहरीले उक्त क्षेत्रमा नाकाबन्दी गरेको छ र जंगली क्षेत्रमा संदिग्धको खोजी जारी रहेको प्रहरीले बताएको छ ।

श्रावण १७, २०८२

कान्तिपुर संवाददाता

Four killed in Montana bar shooting

काठमाडौँ — अमेरिकामा सार्वजनिक स्थलहरुमा गोली प्रहार हुने क्रम रोकिएको छैन । फेरि अमेरिकाको मोन्टानामा गोली प्रहारबाट चार जना मारिएका छन् ।

यो घटना शुक्रबार मोन्टानाको एक बारमा भएको हो । प्रहरीले उक्त क्षेत्रमा नाकाबन्दी गरेको छ । जंगली क्षेत्रमा संदिग्धको खोजी जारी रहेको प्रहरीले बताएको छ । 

जाँचको नेतृत्व गरिरहेको मोन्टाना अपराधिक जाँच विभागका अनुसार गोली प्रहार स्थानीय समय अनुसार शुक्रबार बिहान साढे १० बजे एनाकोन्डा द आउल बारमा भएको हो । घटनास्थलमै चार जनाको मृत्यु भएको छ । 

सार्वजनिक रेकर्ड अनुसार संदिग्धको पहिचान गरिएको छ । ४५ वर्षीय माइकल पाउल ब्राउनले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । उनी बारकै छेउमा बस्दै आएका थिए । 

सुरक्षा अधिकारीका अनुसार एक स्वाट टिमले उनको घरको तलासी गरेको छ । 

कान्तिपुर

Link copied successfully