विमान चालकलाई सफलतापूर्वक बाहिर निकालिएको बताइएको छ ।
लेमूर — अमेरिकाको क्यालिफोर्नियास्थित नेभल एयर स्टेशन लेमूरनजिक एक एफ–३५ लडाकू विमान दुर्घटना भइको छ ।दुर्घटनामा अहिलेसम्म मानविय क्षतिको विवरण आइसकेको छैन । दुर्घटनाबारे अमेरिकी नौसेनाले पुष्टि गरेको छ।
यस घटनालाई लिएर लेमूरका तर्फबाट एक वक्तव्य जारी गरिएको छ । जसमा विमान चालकलाई सफलतापूर्वक बाहिर निकालिएको बताइएको छ । अन्य कुनै कर्मचारी प्रभावित नभएको नेभल एयर स्टेशनले बताएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ । यता एफ–३५ विमानको निर्माता अमेरिकी रक्षा ठेकदार लोकहीड मार्टिनले यस दुर्घटनाका सम्बन्धमा कुनै टिप्पणी गरेका छैनन् ।
