रुसमा भूकम्प गएकै क्षेत्रमा ज्वालामुखी विस्फोट

अलजजिराले रुसी समाचार एजेन्सी (आरआईए) लाइ उदृत गर्दै भूकम्प गएकै क्षेत्रमा ज्वालामुखी विस्फोट भएको जनाएको छ ।

श्रावण १४, २०८२

कान्तिपुर संवाददाता

Volcanic eruption in the region of the earthquake in Russia

काठमाडौँ — बुधबार बिहान ८ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको रुसको सुदूरपूर्वी काम्चात्का प्रायद्वीपमा ज्वालामुखी विस्फोट भएको छ ।

अलजजिराले रुसी समाचार एजेन्सी (आरआईए) लाइ उदृत गर्दै भूकम्प गएकै क्षेत्रमा ज्वालामुखी विस्फोट भएको जनाएको छ । उक्त समाचारमा भूगर्भसम्बन्धी वैज्ञानिक अनुसन्धान गर्ने रुसी संस्थाको स्थानीय शाखालाई उदृत गरिएको छ । 

स्थानीय समय अनुसार बुधबार बिहान ८ बजेर २५ मिनेटमा उक्त शक्तिशाली भूकम्प गएको थियो । भूकम्पपछि रुस, जापान र अमेरिकाको अलास्का क्षेत्रका साथै हवाईमा सुनामीको चेतावनी दिइएको थियो ।

भूकम्पको केन्द्रबिन्दु रुसको सुदूर पूर्वी काम्चात्का प्रायद्वीपको समुद्री तट बाहिर रहेको छ, जुन क्षेत्र कम जनसंख्यायुक्त र दुर्गम मानिन्छ । अलजजिराले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उदृत गर्दै भूकम्पबाट कुनै ठूलो मानविय क्षति नभएको जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully