थाइल्यान्डसँग युद्धविराम गर्ने ट्रम्पको प्रस्तावलाई कम्बोडियाद्वारा स्वागत

यद्यपि ट्रम्पको पोष्टपछि पनि दुवै देशमा गोलाबारी रोकिएको छैन

श्रावण ११, २०८२

कान्तिपुर संवाददाता

Cambodia welcomes Trump's proposal for a ceasefire with Thailand

काठमाडौँ — कम्बोडियाले थाइल्यान्डसँग युद्धविराम गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावलाई स्वागत गरेको छ ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेले आफ्ना विदेशमन्त्री अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग यस विषयमा कुराकानी गर्ने बताएका छन् । 

यता थाइल्यान्डले पनि युद्धविराममा विचार गर्नका लागि तयार रहेको बताएको छ । तर पहिला कुराकानी हुनुपर्ने उसको सर्त छ । 

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै दुवै देशका नेताहरुसँग कुरा गरेको र दुवै युद्धविरामका लागि सहमत भएको बताएका थिए । 

दुवै देशले ट्रम्पको यस प्रयासका लागि आभार व्यक्त गरेका छन् । यद्यपि ट्रम्पको पोष्टपछि पनि दुवै देशमा गोलाबारी रोकिएको छैन । 

कम्बोडिया र थाइल्यान्डबीच लामो समयदेखि चलिरहेको सीमा विवाद यस साता उत्कर्षमा पुगेको छ । तीन दिनको संघर्षमा ३० भन्दा बढीले ज्यान गुमाएका छन् । 

कान्तिपुर

Link copied successfully