भियतनाममा आँधीका कारण डुंगा पल्टिँदा ३७ जनाको मृत्यु

श्रावण ४, २०८२

कान्तिपुर संवाददाता

37 people died when a boat overturned due to a storm in Vietnam

What you should know

भियतनाम — भियतनामको हालोङ खाडीमा आँधीबेहरीका कारण डुंगा पल्टिँदा ३७ जनाको ज्यान गएको छ । डुंगामा ४८ यात्रु र ५ जना चालक दलका सदस्य थिए ।

डुंगा स्थानीय समयअनुसार शनिबार दिउँसो २ बजेतिर पल्टिएको हो । त्यसबेला तीव्र हावा, भारी वर्षा र चट्याङ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बेपत्ताहरूको रातभर खोजीकार्य जारी राखिएको थियो । उद्धार टोलीले १२ जनालाई जीवितै उद्धार गरेको छ ।

राष्ट्रिय मौसम पूर्वानुमानअनुसार विफा आँधी अर्को साता भियतनामको हा लङ बेको तटसहित उत्तरी क्षेत्र पुग्ने अनुमान गरिएको छ । हालोङ खाडी भियतनामको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यमध्ये एक हो । यहाँ बर्सेनि लाखौं मानिस पुग्ने गरेका छन् । 

गत वर्ष पनि ठूलो आँधीका कारण खाडीको तटीय क्वाङ निन्ह प्रान्तमा ० वटा डुंगा डुबेका थिए ।

कान्तिपुर

Link copied successfully