पाकिस्तानमा भएका दुई सवारी दुर्घटनामा १० को मृत्यु

श्रावण ४, २०८२

एजेन्सी

10 killed in two road accidents in Pakistan

What you should know

इस्लामाबाद — पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार भएका दुई अलग–अलग सवारी दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् ।

पहिलो दुर्घटना ठट्टा जिल्लामा भएको हो, जहाँ तीव्र गतिमा गइरहेको एक बस अनियन्त्रित भएर पल्टिँदा ६ जनाको ज्यान गएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।

उक्त बसमा पिकनिक मनाउन गएका यात्रुहरू सवार थिए । खैपुर जिल्लामा भएको दोस्रो दुर्घटनामा कराँचीबाट मनसेहरातर्फ जाँदै गरेको एक यात्रुवाहक बस सडकमा पल्टिँदा चार जनाको मृत्यु भएको हो । जसमा महिलासहित ४० जना घाइते भएको प्रहरीले जनाएको छ ।

एजेन्सी

Link copied successfully