सिरियाको स्वेइडामा बढ्दो द्वन्द्वका कारण मृत्यु हुनेको संख्या ६३० नाघ्यो

श्रावण ३, २०८२

एजेन्सी

The death toll from the escalating conflict in Syria's Sweida has surpassed 630

What you should know

काठमाडौँ — सिरियाको दक्षिणी स्वेइडा प्रान्तमा स्थानीय ड्रुज गुटहरू र अरब बेदुइन आदिवासी लडाकुहरूबीचको झडपमा अहिलेसम्म ६३८ जनाको मृत्यु भएको छ । 

अन्तर्राष्ट्रिय समाचार संस्था सिन्ह्वाका अनुसार जुलाई १३ देखि सुरु भएको झडपमा परी कम्तिमा ६३८ जनाको मृत्यु भएको हो । 

बेलायतमा आधारित युद्ध अनुगमनकर्ताले रिपोर्ट गरेअनुसार मृत्यु हुनेमा ७३ जना सर्वसाधारण र २८० भन्दा बढी सुरक्षाकर्मीहरू छन् । 

सिरियाली अन्तरिम अधिकारीहरूले शुक्रवार बढ्दो हिंसाकाबीचमा संयमको लागि आह्वान जारी गर्दै द्वन्द्वलाई नियन्त्रण गर्न सेना तैनाथ गर्ने प्रतिबद्धता जनाएको छ ।

एजेन्सी

Link copied successfully