What you should know
काठमाडौँ — अमेरिकाद्वारा ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) लाई ‘विदेशी आतंकवादी संगठन’ घोषणा गरिएपछि चीनले प्रतिक्रिया दिएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीन सबै तरिकाको आतंकवादको कडा विरोध गर्ने बताएका छन् ।
उनले भने, ‘चीन सबै तरिकाका आतंकवादलाई दृढताका साथ विरोध गर्छ । चीन २२ अप्रिलमा भएको आतंकवादी आक्रमणको कडा निन्दा गर्छ ।’
चीनले छिमेकी देशहरुलाई आतंकवादविरुद्ध सहयोग बढाउन अपीलसमेत गरेको छ । उनले भनेका छन्, ‘चीन संयुक्त रूपमा क्षेत्रीय सुरक्षा र स्थिरता बनाइराख्नका लागि आह्वान पनि गर्दछ ।’
२२ अप्रिलमा जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जना मारिएका थिए । मुस्लिम आतंकवादीले हिन्दूको पहिचान सोधेर छानीछानी गोली हानी हत्या गरेका थिए ।
