What you should know
जेरुसेलम — इरानको दक्षिणी क्षेत्रमा शनिबार एउटा बस दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका छन् ।
राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर टाढा रहेको काभर सहरनजिकै दुर्घटना भएको हो ।
काभर अस्पतालका निर्देशक मोहसेन अफ्रासियाबीले इरानी सरकारी टेलिभिजनलाई घटनामा भएको हताहतबारे बताउँदै शनिबारको बस दुर्घटनामा २१ जनाको मृत्यु भएको बताएका छन् ।
इरानी सञ्चारमाध्यमले एउटा बस पहाडकोे सडक छेउमा लडेको अवस्थामा खिचिएको तस्बिर सम्प्रेषण गरेका छन् ।
इरानको सरकारी समाचार संस्था इर्नाका अनुसार मार्चसम्म एक वर्षको अवधिमा सडक दुर्घटनाबाट करिब २० हजार मानिसको मृत्यु भएको छ ।
