युक्रेनले मस्कोमा आक्रमण गर्न हुँदैन : ट्रम्प

असार ३२, २०८२

कान्तिपुर संवाददाता

Ukraine should not attack Moscow: Trump

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका तर्फबाट रुसको राजधानी मस्कोमा आक्रमण गर्न नहुने बताएका छन् । 

फाइनान्सियल टाइम्सको एक रिपोर्टमा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग मस्कोमा आक्रमण तीव्र बनाउनुपर्ने कुरा गरेको खबर सार्वजनिक भएपछि उनको यो बयान आएको हो । 

फाइनान्सियल टाइम्सले सुत्रलाई उदृत गर्दै भनेको थियो, ‘यदि अमेरिका युक्रेनलाई लामो दूरीमा मार हान्न सक्ने हतियार दियो भने युक्रेन मस्कोमा आक्रमण गर्न सक्छ? भनेर जेलेन्स्कीसँग ट्रम्पले सोधेका थिए ।’

ट्रम्पले सोमबार युक्रेनलाई हतियार दिने योजना घोषणा गरेका थिए । र ५० दिनभित्र युद्धविराम भएन भने रुसविरुद्ध भारी शुल्क चलाउने चेतावनीसमेत दिएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully