पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

असार २७, २०८२

सिन्ह्वा

Monsoon disaster in Pakistan: 98 dead, more than 185 injured

इस्लामाबाद — पाकिस्तानमा निरन्तर परेको भारी मनसुन वर्षा र त्यससँगै आएको आकस्मिक बाढीका कारण असार १२ देखि हालसम्म ९८ जनाको ज्यान गएको छ भने कम्तीमा १८५ जना घाइते भएका छन्।

यो जानकारी शुक्रबार राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले दिएको हो।

पछिल्लो २४ घण्टामा मात्र वर्षासम्बन्धी घटनामा आठ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

पञ्जाब प्रान्तमा सबैभन्दा बढी ३७ जनाको मृत्यु भएको छ, जसमध्ये २० जना बालबालिका रहेका छन्। त्यसपछि खैबर पख्तुनख्वा प्रान्तमा ३० जनाले ज्यान गुमाएका छन्।

प्रशासनले आगामी दिनहरूमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी तल्लो भू-भाग र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

देशका सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको प्राधिकरणले जनाएको छ।

सिन्ह्वा

Link copied successfully