फ्रान्सको अन्तर्राष्ट्रिय विमानस्थलमा सुँगुर भेटिएपछि हंगामा

असार २५, २०८२

ददि सापकोटा

An uproar after a pig was found at an international airport in France

पेरिस — फ्रान्सको राजधानी पेरिस नजिकैको भाल द मार्न विभागमा पर्ने ओर्ली अन्तर्राष्ट्रिय विमानस्थलमा कालो सुँगुरभेटिएपछि हंगामा मच्चिएको छ ।

उक्त सुँगुर यात्रुहरूसँगै विमानस्थलको पसल, कयारेसेल वरिपरि घुमिरहेको भिडियोसमेत सार्वजनिक भएको छ ।

सोमवार यात्रीकै बिचमा घुमिरहेको कालो सुँगुर देखेपछि विमानस्थलको सुरक्षा व्यवस्थालाई लिएर सर्वसाधारणले प्रश्न गरिरहेका छन् ।

उक्त सुँगुर झोलाहरूसँगै विमानस्थल आइपुगेको हुन सक्ने अधिकारीहरूले बताएका छन् ।

सुँगुर 'गल्तीले एयर कोर्सिकाको उडानमा चढ्यो र त्यसपछि विमानस्थलमा हराएको थियो। विमानस्थलका सुरक्षा गार्डहरूले सुँगुरलाई चोट नपुर्‍याई हवाई ट्राफिकमा बाधा नपुर्‍याउन द्रुत रूपमा हस्तक्षेप गरेका थिए' विमानस्थलका एक अधिकारीले भनेका छन् ।

एयरलाइन्सले यस्तो घटना कसरी हुनसक्छ भन्ने बुझ्न अनुसन्धान गरिरहेको बताएको छ ।

अन्य सामानसँगै सुँगुर पनि लोड गरिएको र सुँगुरको रङ कालो भएकाले मेसिनले लगेज जाँच गर्दा नदेखिएको हुनसक्ने आशंका विमानस्थलका कर्मचारीहरूले गरेका छन् । 

ददि

Link copied successfully