अमेरिकाको टेक्सासमा बाढीमा परी १३ जनाको मृत्यु, २० बालबालिका बेपत्ता

असार २१, २०८२

एजेन्सी

13 dead, 20 children missing due to floods in Texas, USA

टेक्सास — अमेरिकाको टेक्सासमा बाढीमा परी १३ जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनका अनुसार २० जना बालबालिका बेपत्ता रहेका छन् ।

अमेरिकाको टेक्सासमा बाढीमा परी १३ जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनका अनुसार २० जना बालबालिका बेपत्ता रहेका छन् । 

टेक्सासका लेफ्टिनेन्ट गभर्नर ड्यान पेट्रियकले भनेका छन्, ‘बाढी प्रभावित क्षेत्रमा खोजतलास कार्य तीव्र बनाइएको छ । जसका लागि हेलिकप्टर र उद्धार दलको पनि सहभागिता छ ।’

उनका अनुसार मृतकको संख्या बढ्न सक्नेछ । सडकमा पानी भरिएका कारण बेपत्ताहरुको खोजी कार्यमा समस्या भइरहेको छ । 

मौसम विभागले पश्चिमी टेक्सासमा आगामी केही घण्टा बाढीका कारण अवस्था थप गम्भीर बन्न सक्ने चेतावनी दिएको छ । 

एजेन्सी

Link copied successfully