सिकागोमा नाइट क्लबबाहिर गोली चल्यो : ४ जनाको मृत्यु, १४ घाइते

असार २०, २०८२

कान्तिपुर संवाददाता

Shooting outside nightclub in Chicago: 4 dead, 14 injured

काठमाडौँ — अमेरिकाको सिकागोस्थित एक नाइट क्लबबाहिर भएको गोलीबारीमा कम्तीमा ४ जना मारिएका छन् । त्यस्तै घटनामा १४ जना घाइते भएका छन् । 

सिकागो प्रहरीका अनुसार स्थानीय समयअनुसार बुधबार राति ११ बजेतिर उक्त घटना भएको हो । क्लबबाहिरको सडकमा गुडिरहेको कारमा रहेका बन्दुकधारीले जथाभावी गोली चलाएका हुन् ।

र्‍यापर मेलो बकजको एल्बम सार्वजनिक कार्यक्रम रहेकाले पनि नाइट क्लबबाहिर भिड लागेको थियो । 

कान्तिपुर

Link copied successfully