काठमाडौँ — युक्रेनसँगको युद्धमा रुसी जलसेनाका उपप्रमुख मारिएका छन् । रुसी रक्षा मन्त्रालयका अनुसार पश्चिमी कुर्स्क क्षेत्रमा मेजर जनरल मिखाइद गुडकोवको मृत्यु भएको हो ।
युक्रेनी सीमा क्षेत्रमा युद्धसँग सम्बन्धित कामका क्रममा उनको मृत्यु भएको रुसी सेनाले जनाएको छ । युक्रेनसँग युद्ध सुरु भएपछि रुसी सेनाका उच्च अधिकारी मारिएका हुन् ।
