तेलङ्गानाको औषधि उद्योगमा* भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या २७ पुग्यो

असार १७, २०८२

कान्तिपुर संवाददाता

Death toll rises to 27 in Telangana pharmaceutical industry blast*

नयाँ दिल्ली — भारतको दक्षिणी राज्य तेलङ्गानाको संगारेड्डी जिल्लामा रहेको एउटा औषधि कारखानामा सोमबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । 

विस्फोटपछि कारखानाको ठूलो भाग भत्किएको छ । जिल्ला दमकल अधिकृत बी. नागेश्वर रावका अनुसार अहिलेसम्म मृतकको संख्या २७ पुगेको हो । मृतकमध्ये २३ जनाको पहिचान भइसकेको छ । दुर्घटनामा ३५ जना अरु घाइते छन् । 

प्रशासनका अनुसार अझै २४ जना बेपत्ता रहेका छन् । उनीहरुको खोजी भइरहेको छ । ५७ जनालाई भने सुरक्षित निकालिएको छ । 

यस घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ ।

भारतीय सञ्चारमाध्यममा देखाइएका दृश्यहरूमा घटनास्थलबाट बाक्लो कालो धुवाँ आकाशमा उठिरहेको देखिन्छ ।

भारतमा यस्ता दुर्घटनाहरू कहिलेकाहीँ हुने गरेका छन् । प्रायः यस्ता घटनामा सुरक्षा नियमहरूको पालना नहुनु मुख्य कारण भएको बताइन्छ ।

*सच्याइएको

कान्तिपुर

Link copied successfully