काठमाडौँ — क्यानडाले अमेरिकी टेक कम्पनीविरुद्ध कर लगाउने योजना फिर्ता लिएको छ । अब क्यानडा र अमेरिकाबीच ट्रेडलाई लिएर फेरि कुराकानी सुरु हुने बताइएको छ ।
क्यानडाको वित्त मन्त्रालयका तर्फबाट जारी वक्तव्यमा भनिएको छ, ‘प्रधानमन्त्री मार्की कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस मुद्दामा फेरि कुराकानीका लागि सहमत भएका छन् ।’
यसअघि शुक्रबार ट्रम्पले क्यानडामाथि ठूला अमेरिकी कम्पनीमाथि कर लगाउने तयारी गरिरहेको आरोप लगाउँदै अमेरिकासँगको व्यापार वार्ता रोक्न लागेको बताएका थिए ।
यस वर्षको सुरुवातमै दुवै देशबीच व्यापारिक तनाव बढेको थियो । र एक अर्काका उत्पादनमा कर लगाएका थिए । क्यानडा सरकारको व्यक्तव्यमा भनिएको छ, ‘डिजिटल सर्भिस ट्यास यसकारण प्रस्ताव गरिएको छ, किनी कैयौं ठूला टेक कम्पनी क्यानडामा हुने कमाइमा कर दिँदैनन् । क्यानडाको प्राथमिकता सधैं अन्तर्राष्ट्रिय सम्झौतामा रहेको छ । ताकि हर देशको अलक अलग करको दायरा अन्त्य गर्न सकियोस ।’
वक्तव्यअनुसार क्यानडा अमेरिकासमेत अन्य अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर एक साझा डिजिटर कर फ्रेमवर्क तयार गर्ने योजनामा काम गरिरहेको छ ।
