ओडिशाको पुरीमा रथयात्राका क्रममा भागदौड हुँदा तीन जनाको मृत्यु

असार १५, २०८२

कान्तिपुर संवाददाता

Three killed in a stampede during a Rath Yatra in Odisha's Puri

भारत — ओडिशाको पुरीमा श्री गुन्डिचा मन्दिर नजिक भागदौड हुँदा दुई महिलासहित तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । 

पुरीका जिल्ला अधिकारी सिद्धार्थ एस.स्वाईंले सञ्चारकर्मीसँग कुरा गर्दै घटनाबारे जानकारी दिएका छन् ।

रथयात्रा सम्पन्न भएको एक दिनपछि आज तड्के पुरीमा सवार रथमा सवार त्रिमूर्ति (जगन्नाथ, बलभद्र, सुभद्रा) हेर्नलाई मानिसहरु जम्मा भएका थिए । 

रथयात्राका क्रममा भागदौड हुँदा मृत्यु भएको यो घटना पहिलो भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दुर्घटनाबारे जिल्ला अधिकारी स्वाईंले सबै घाइतेहरु खतरामुक्त भएको जानकारी दिएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully