काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रम नष्ट नभएको रिपोर्टपछि एक भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
ट्रम्पले ट्रुथ सोसियलमा करिब ६० सेकेन्डको भिडियो शेयर गरेका छन् । उनले शेयर गरेको भिडियोमा भिडियोमा बी–२ बम्बर लडाकु विमान आकाशमा उड्दै कैयौं बम खसालिरहेको देखिन्छ ।
साथै भिडियोमा एक गीत पनि बजिरहेको छ र पटक–पटक ‘बम्ब इरान’ शब्द दोहोर्याइएको छ । पेन्टागनको लिक भएको सुरुवाती खुफिया मूल्यांकन रिपोर्टमा इरानको परमाणु केन्द्रमा अमेरिकी आक्रमणबाट इरानी परमाणु कार्यक्रम नष्ट नभएको दाबी गरिएको छ । साथै केही महिना ढिला भएकोसमेत बताइएको छ ।
ट्रम्पले भनेका छन्, ‘सीएनएन र न्युयोर्क टाइम्स भ्रामक समाचार फैलाइरहेका छन् । दुवै मिलेर इतिहासकै सफल सैन्य आक्रमणमध्ये एकलाई बदनाम गर्ने कोशिस गरिरहेका छन् । इरानको परमाणु केन्द्र नष्ट भइसकेका छन् ।’
