युद्धविराम हुने ट्रम्पको दाबीपछि पनि इरान–इजरायलबीच युद्ध जारी

असार १०, २०८२

कान्तिपुर संवाददाता

Even after Trump's claim of a ceasefire, the war between Iran and Israel continues

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको दाबी गरेपछि पनि इरान–इजरायलबीच युद्ध जारी छ । 

न्युयोर्क टाइम्सका अनुसार ट्रम्पको घोषणाको तीन घण्टापछि इजरायलले इरानमा नयाँ आक्रमण गरेको छ । 

यता इरानका विदेशमन्त्री अब्बास अरागचीले पनि नेपाली समयअनुसार बिहान ७ बजेसम्म इरानी सैनिक युद्ध लडिरहेको बताएका छन् । 

इजरायली सेनाका अनुसार इरानले इजरायलमा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको छ । हाल यस आक्रमणमा कुनै क्षतिको जानकारी दिइएको छैन । इजरायल सरकराले फेरि एकपटक नागरिकलाई आक्रमणको अलर्ट पठाएको छ । 

इजरायलको राजधानी तेल अविवमा सरकारका तर्फबाट आक्रमणको सूचना पठाउँदै साइरन बजाइएको छ । 

कान्तिपुर

Link copied successfully