इरानमाथि अमेरिकी आक्रमण कुनै कारणविनाको आक्रामकता : पुटिन

असार ९, २०८२

कान्तिपुर संवाददाता

US attack on Iran unprovoked aggression: Putin

काठमाडौँ — इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग क्रेमलिनमा भेटेवार्ता गरेका छन्। भेटमा रुसी राष्ट्रपति पुटिनले इरानमाथि भइरहेको अमेरिकी आक्रमणलाई 'कुनै कारणविनाको आक्रामकता' भनेर टिप्पणी गरेका छन् ।

रुसी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकी आक्रमणको कडा निन्दा गरेको छ । विज्ञप्तिमा इरानका न्युक्लियर केन्द्र लक्षित आक्रमणलाइ अन्तराष्ट्रिय कानून, युएन चाटर्र र सुरक्षा परिषद्ले पारित गरेका प्रस्तावहरूको गम्भीर उल्लंघन भनिएको छ ।  

रुसी राष्ट्रपतिले  आफ्नोतर्फबाट इरानी जनतालाई सहयोग पुर्‍याउन प्रयास भइरहेको बताउँदै भनेका छन्, 'हामी इरानसँग दिर्घकालीन, असल र भरपर्दो सम्बन्ध राख्नेछौँ।' इरानी विदेशमन्त्री अब्बास अर्घाचीले इरानको आणविक उर्जा कार्यक्रममा रुस सधैँ साझेदार रहेको बताउँदै तेहरानका आणविक कार्यक्रमसम्बन्धी वार्ताहरुमा सकरात्मक भूमीका खेलेको बताए । 

इजरायल-इरान युद्दमा आइतबारदेखि अमेरिकासमेत सामेल भएको पृष्ठभूमीमा इरानी विदेशमन्त्री र रुसी राष्ट्रपतिको भेटवार्ता भएको हो । इरानका परमाणु केन्द्रहरुमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तनको विषयमा कुरा सुरु गरेका छन् ।

उनले सामाजिक संजाल सोसल ट्रुथामा लेखेका छन,  ‘यदि इरानमा हालको सरकार इरानका लागि फेरि महान बन्न सक्दैन भने सत्ता परिवर्तन किन नहुनु? मेक इरान ग्रेट अगेन ।’

कान्तिपुर संवाददाता

Link copied successfully