दमास्कसको चर्चमा आत्मघाती बम विस्फोट, प्रार्थना गरिरहेका १९ जनाको मृत्यु

असार ९, २०८२

एजेन्सी

Suicide bomber kills 19 praying at Damascus church

दमास्कस — सिरियाको राजधानी दमास्कसमा आइतबारको प्रार्थनाको समयमा एक आत्मघाती बम विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ ।

साथै दर्जनौं घाइते भएको सुरक्षा स्रोत र अनुगमन समूहले जनाएको छ । सिरियाली स्वास्थ्य अधिकारीहरूले ५३ जना घाइते भएको बताएका छन् । 

प्रत्यक्षदर्शी र स्थानीय मिडियाकाअनुसार दमास्कसको पूर्वी बाहिरी इलाकामा रहेको मुख्यत: क्रिश्चियन छिमेक ड्वेइला जिल्लामा रहेको मार एलियास चर्चमा विष्फोट भएको हो । 

धेरै वर्षहरूमा दमास्कसको चर्चलाई लक्षित गरी गरिएको यो विस्फोट पहिलो पटक हो । जसले राजधानीमा सञ्चालन हुने स्लीपर सेलहरूको बारेमा नयाँ चिन्ताहरू जगाएको छ ।

एजेन्सी

Link copied successfully