गाजामा ३ बन्धकको शव फेला

असार ९, २०८२

कान्तिपुर संवाददाता

Bodies of 3 hostages found in Gaza

जेरुसेलम (एजेन्सी) — हमास समूहले अपहरण गरेको २० महिनाभन्दा बढी समयपछि इजरायली सेनाले गाजामा आइतबार तीन जना बन्धकको शव फेला पारेको जनाएको छ ।

गाजापट्टीबाट एउटा विशेष अपरेसनमा बन्धक बनाइएका ओफ्रा केइडार, योनातान सामेरानो र स्टाफ सार्जेन्ट शाय लेभिन्सनको शव फेला परेको सेनाले जनाएको छ । 

२०२३ अक्टोबर ७ मा अपहरण गरी बन्धक बनाइएका तीन जनाको शब गाजाको किब्बुट्जमा इजरायली सेनाले नियन्त्रणमा लिएको मृतकमध्ये एकका बुवाले बताए । ७१ वर्षीया केइडारलाई पनि अपहरण गरिएको थियो भने अक्टोबर ७ मा हमाससँग प्रतिकार गर्ने क्रममा बन्धक बनाइएका १९ वर्षीय ट्यांक कमान्डर लेभिन्सनको पनि किब्बुट्जमा मृत्यु भएको थियो ।

कान्तिपुर

Link copied successfully