इरान इजरायलका लागि मात्र होइन, अमेरिकाका लागि पनि खतरा : ट्रम्प

असार ८, २०८२

कान्तिपुर संवाददाता

Iran is not only a threat to Israel, but also to America: Trump

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु क्षेत्रमा आक्रमण गरेपछि त्यसको जानकारी दिएका छन् । उनले आक्रमणको उद्देश्य सफल भएको पनि दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘मैले धेरै पहिले नै तय गरिसकेको थिएँ, इरानलाई परमाणु हतियार हासिल गर्न दिने छैन । इजरायलका लागि मात्र होइन इरान अमेरिकाका लागि पनि खतरनाक छ ।’

इरान पछिल्लो ४० वर्षदेखि अमेरिका र इजरायललाई नष्ट गर्ने धम्की दिँदै आएको छ । ट्रम्पले इरान अब पनि शान्तिको बाटोमा आएन भने झन ठूलो आक्रमण हुने चेतावनी दिएका छन् । 

ट्रम्पले देशलाई सम्बोधिन गर्दै इरानका तीनवटा परमाणु क्षेत्रमा गरिएको हवाई आक्रमण एक सफलता भएको बताएका छन् । उनको सम्बोधनका क्रममा उनको पछाडि उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री कार्को रुबियो र रक्षामन्त्री पीट हेगसेथ पनि सहभागी थिए ।  

कान्तिपुर

Link copied successfully