इजरायल–इरान द्वन्द्व नियन्त्रण गर्न कुटनीति आवश्यकः महासचिव गुटेरेस

असार ७, २०८२

कान्तिपुर संवाददाता

Diplomacy needed to control Israel-Iran conflict: Secretary-General Guterres

काठमाडौँ — संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार इजरायल–इरानी द्वन्द्वलाई नियन्त्रण बाहिर जानबाट रोक्न कुटनीतिको लागि आह्वान गरेका छन् ।

सुरक्षा परिषद्को आपतकालीन बैठकमा टिप्पणी गर्दै गुटेरेसले कुटनीतिको पहल गर्न जोड दिएका हुन् । द्वन्द्वको विस्तारले कसैलाई फाइदा नहुने भन्दै उनले युद्ध हुन दिन नहुने बताए । 

इजरायल र इरानबीचको द्वन्द्व द्रूत गतिमा बढ्दै गइरहेको छ । जसमा भयानक क्षति भइरहेको छ । नागरिकहरूको मृत्यु र घाइते हुने, घरहरू, छिमेकहरू र नागरिक पूर्वाधारहरू ध्वस्त हुने र आणविक सुविधाहरूमा आक्रमण हुने जस्ता घटनाहरू समावेश छन् । 

यस द्वन्द्वको मुख्य प्रश्न आणविक विषय रहेको उनको भनाइ छ । गुटेरेसले सुरक्षा परिषद्लाई संवादको लागि एकता र तत्परताका साथ कार्य गर्न आग्रह गरे । 

उनले अन्तर्राष्ट्रिय समुदायलाई दिगो शान्ति प्रदान गर्नसक्ने एकमात्र मार्गको पछाडि जुट्न आग्रह गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully