इजरायली अस्पतालमा इरानको आक्रमण, आक्रमणको चर्को मूल्य चुकाउनुपर्ने नेतान्याहुको चेतावनी

असार ५, २०८२

कान्तिपुर संवाददाता

Iran's attack on Israeli hospital, Netanyahu's warning to pay a heavy price for the attack

काठमाडौँ — इरानले इजरायली अस्पतालमा मिसाइल आक्रमण गरेको छ । इजरायली सेनाका अनुसार अस्पतालमा ठूलो क्षति हुनुका साथै कैयौं घाइते भएका छन् । 

इरानले आफ्ना मिसाइलद्वारा सिधै अस्पताललाई नै निशाना बनाएको इजरायलको आरोप छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक्समा पोष्ट गरेका छन्, ‘आज बिहानै इरानको आतंकवादी तानाशाले बेर्शेबाको सोरोका अस्पताल र नागरिक बसोबास गरेको क्षेत्रमा मिसाइल प्रहार गरेको छ ।’

उनले इरानका तानाशाहलाई यसको पूरै मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन् । इरायलको इमरजेन्सी सर्भिस म्यागन डेभिड एडोम (एमडीए) का अनुसार इरानको यो आक्रमणमा कम्तिमा ३२ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । 

एक इजरायली सैन्य अधिकारीका अनुसार इरानले हालै दर्जनौं मिसाइल प्रहार गरेको छ । इरानले नागरिक क्षेत्रलाई निशाना बनाइरहेको र त्यसमध्ये अस्पतालसमेत रहेको इजरायलले बताएको छ ।

कान्तिपुर

Link copied successfully