काठमाडौँ — इन्टरनेटसम्बन्धी निगरानी गर्ने संस्था बेलायती संस्था नेटब्लक्सले पछिल्लो २४ घन्टादेखि इरानमा इन्टरनेट बन्द भएको उल्लेख गरेको छ । नेटब्लक्सले सामाजिक संजाल एक्समा लेख्दै २०१९ को नोभेम्बरमा भएको विरोध प्रदर्शनपछि भएको इन्टरनेट सेवा अवरुद्धको घटनाभन्दा गम्भीर घटना हो ।
इरानस्थित संचार मन्त्रालयले केही समयका लागि अवरुद्ध भएको इन्टरनेट सेवा जनधनको क्षति रोक्नका लागि गरिएको हो । इरानले इजरायलसँगको द्वन्द्व चर्किदै जाँदा ह्वाट्सएप अकाउन्ट डिलिट गर्न निर्देशन जारी गरेको छ । सरकारी टेलिभिजनबाटै नागरिकहरुलाइ सुरक्षाका र गोपनियताको सुरक्षाका लागि ह्वाट्सएप डिलिट गर्न भनेको हो ।
अमेरिकी संचारमाध्यम टाइमसँग मेटा कम्पनीको स्वमामित्वमा रहेको मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले इरानी टेलिभिजनबाट प्रसारित रिपोर्टमा आफूहरुको गम्भिर चासो भएको जनाउँदै इरानी आरोप झुटो भएको र ह्वाट्सएप म्यासेजबाट लोकेशन ट्रेस हुँदैन् ।
१३ जुनमा इजरायलले इरानमाथि आक्रमण गरेपछि दुवै देशबीच युद्ध जारी छ । अमेरिकाको ह्युमन राइट्स ग्रुपले इजरायलको आक्रमणमा परी इरानमा अहिलेसम्म ५ सय ८५ जनाको मृत्यु भएको दाबी गरेको छ । इरान सरकारले अहिलेसम्म मृतकहरूको यकिन जानकारी सार्वजनिक गरेको छैन ।
