खामेनेईले गरे युद्धको घोषणा, पहिलोपटक फतह–१ हाइपरसोनिक मिसाइल प्रहार 

असार ४, २०८२

कान्तिपुर संवाददाता

Khamenei declared war, launched the Fatah-1 hypersonic missile for the first time

काठमाडौँ — इरानका सर्वोच्च नेता अयातुल्लाह खामेनेईले मंगलबार मध्यरात इजरायलविरुद्ध युद्धको घोषणा गरेका छन् ।

उनले एक्समा लेखेका छन्, ‘युद्ध सुरु हुन्छ । हामी आतंकवादी इजरायललाई कडा जवाफ दिन्छौं । उनीहरुविरुद्ध हामी कुनै दया देखाउने छैनौं ।’ उक्त घोषणा लगत्तै इरानले इजरायलमाथि २५ मिसाइल प्रहार गर्‍यो । 

इरानी मिडियाका अनुसार इरानको सैन्य शाखा आईआरजीसीले बुधबार बिहान इजरायलमा फतह मिसाइल प्रहार गरिएको थियो । यो पहिलो पटक हो युद्धमा फतह–१ को प्रयोग गरिएको । 

फतह मिसाइल हाइपरसोनिक हो । यो आवाजको गतिभन्दा पाँच गुणा तीव्र उड्छ । आईआरजीसीका अनुसार फतह मिसाइलले इजरायलको डिफेन्स सिस्टमलाई भेद्दै अन्य सुरक्षित क्षेत्रलाई पनि निशाना बनाएको छ । 

यद्दपि इजरायलमा यो मिसाइलबाट कति क्षति भयो भन्ने आधिकारिक जानकारी अहिलेसम्म प्राप्त भएको छैन । यसैबीच अमेरिकाको ह्यूमन राइट्स ग्रुपले इजरायलको आक्रमणमा परी इरानमा अहिलेसम्म ५८५ जनाको मृत्यु भएको दाबी गरेको छ । 

इरान सरकारले अहिलेसम्म मृतकहरुको पूरा जानकारी सार्वजनिक गरेको छैन । सोमबार दिएको जानकारी अनुसार २२४ जना मारिएका छन् भने १२ सय ७७ जना घाइते छन् । यता इजरायलमा भने इरानको आक्रमणमा परी २४ जना मारिएका छन् ।  

कान्तिपुर

Link copied successfully