जी–सेभेन नेताहरुले भने–इरानसँग परमाणु हतियार हुनु हुँदैन 

असार ३, २०८२

कान्तिपुर संवाददाता

The G-7 leaders said that Iran should not have nuclear weapons

काठमाडौँ — क्यानडामा भएको जी–सेभेन (साफ)सम्मेलनमा सहभागी सदस्य राष्ट्रहरुले इजरायल–इरान संकटमा चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले साझा बयान जारी पनि गरेका छन् । बयानमा उनीहरुले इरानसँग तनाव कम गर्नका लागि अपील समेत गरेका छन् । 

साफले इजरायललाई  आफ्नो सुरक्षा गर्ने पूर्ण अधिकार भएको बताएका छन् । मध्य पूर्वमा तनाव कम गर्नका लागि हुने कुनै पनि प्रयासमा गाजामा युद्धविराम पनि समावेश हुनुपर्नेमा जोड दिइएको छ । 

बयानमा भनिएको छ, ‘इजरायललाई आफ्नो सुरक्षा गर्ने पूर्ण अधिकार छ । र इरानसँग कहिल्यै पनि परमाणु हतियार हुनुहुँदैन ।’

कान्तिपुर संवाददाता

Link copied successfully