इजरायलमा रहेका आफ्ना नागरिक उद्धार गर्दै स्लोभाकिया र चेक

पोल्यान्ड, लिथुआनिया, स्लोभाकिया, पोर्चुगल र साइप्रसले पनि इजरायलमा रहेका आफ्ना नागरिकको उद्धार गर्ने बताएका छन् ।

असार ३, २०८२

कान्तिपुर संवाददाता

Slovakia and the Czech Republic rescuing their citizens in Israel

काठमाडौँ — स्लोभाकियाले र चेक गणराज्यले इजरायलमा रहेका आफ्ना नागरिकहरुको उद्धार प्रक्रिया सुरु गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सकाले स्लोभाकियाले ७३ जनालाई इजरायलबाट उद्धार गरेको छ । चेक गणराज्यले भने उद्दारका लागि इजरायलमा विमान पठाइसकेको छ ।

फोटो : एएफपी 

स्लोभाकियाले पठाएको विमानमा विमानमा १४ चेक नागरिक, १० अस्ट्रियन, १ स्लोभेनियन, र इजरायलस्थित पोल्याण्ड दूतावासका १५ जना प्रतिनिधिहरूका अलवा केही पर्यटकहरुसमेत थिए । 

रेडियो चेजका अनुसार उसले  इजरायल पठाएको सरकारी विमानमा ८० सिट छ । उक्त विमानमार्फत महिला र बालबालिकालाई प्राथमिकतामा राखेर उद्दार गर्ने चेक गणराज्यको योजना छ । 

पोल्यान्ड, लिथुआनिया, स्लोभाकिया, पोर्चुगल र साइप्रसले पनि इजरायलमा रहेका आफ्ना नागरिकहरूको उद्धार गर्ने बताएका छन् । 

इजरायल र इरानबीच जारी द्वन्द्वका कारण इजरायली हवाई क्षेत्र बन्द भएको छ । चेक विदेश मन्त्रालयले इजरायल, लेबनान, र जोर्डनमा यात्रा नगर्न चेतावनी दिएको छ भने सबै चेक नागरिकहरूलाई इरान छोड्न आग्रह गरेको छ।

कान्तिपुर

Link copied successfully